Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल बैंकद्वारा बाढीपीडित मेलम्ची तथा चामे मनाङवासीलाई साढे आठ लाख रुपैयाँ सहयोग

नेपाल बैंकद्वारा बाढीपीडित मेलम्ची तथा चामे मनाङवासीलाई साढे आठ लाख रुपैयाँ सहयोग


काठमाडौं । पटक–पटक विभिन्न किसिमका प्राकृतिक प्रकोप तथा विपत्हरू भोग्दै आएको सिन्धुपाल्चोक जिल्लामा यही २०७८ असार १ गते परेको अविरल वर्षा तथा मेलम्ची तथा इन्द्रावती नदीमा आएको विनाशकारी बाढीले उक्त जिल्लाको मेलम्ची नगरपालिकामा पर्ने मेलम्चीबजार क्षेत्र तथा वडा नं. ६, ७, १०, ११, १२, १३ लगायतमा ठूलो धनजनको क्षति भएको, स्थानीय बासिन्दाहरू प्रभावित भई विस्थापित समेत भएका र मेलम्चीबजार तथा सो आसपासका विभिन्न भौतिक संरचनाहरू पूर्ण तथा आंशिक क्षति भएको अवस्थामा पीडितजनतालाई सहयोग गर्न नेपाल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राहतस्वरूप चार लाख ५० हजार रुपैयाँ उक्त नगरपालिकालाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

त्यसैगरी हिमालपारीको दुर्गम जिल्ला मनाङमा मिति २०७८ जेठ १४, ३१ र असार १ गते आएको अविरल बर्षा तथा मस्र्याङ्दी नदी तथा अन्य सहायक खोलाहरूमा आएको भीषण बाढीका कारणले उक्त जिल्लाको सदरमुकाम रहेको चामे गाउँपालिकास्थित चामे बजारक्षेत्र तथा आसपासका विभिन्न क्षेत्रका भौतिक संरचनाहरू तथा व्यक्तिगत सम्पत्तिहरूको व्यापक क्षति भएको तथा ढुवानी समस्याले गर्दा खाद्यान्न अभाव भएको अवस्था रहेको हुँदा यस्तो अकल्पनीय दैवी प्रकोपबाट प्रभावित भएका चामे गाउँपालिकाका पीडित जनताहरूका लागि बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राहत स्वरूप चार लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय बैंकले गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया