Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसनराइज बैंकका ग्राहकले कार्डबिना नै रकम निकाल्न सक्ने

सनराइज बैंकका ग्राहकले कार्डबिना नै रकम निकाल्न सक्ने


काठमाडौं । सनराइज बैंकका ग्राहकले कार्डबिना नै रकम निकाल्न सक्ने भएका छन् । बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेसँगै ग्राहकहरूले यस्तो सेवा पाएका हुुन् । बैंकका अनुसार हालसम्म ग्राहकहरूले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोगबिना नै एटीएमबाट रकम निकाल्न सक्नेछन् ।

यो सेवाअन्तर्गत ग्राहकहरूले आफ्नो सनराइज स्मार्ट प्लस (मोबाइल बैंकिङ) प्रयोग गरी कार्डलेस विथ ड्रअल अप्सनमा गई आफूले भुक्तानी गर्न चाहेको रकम हाली सबमिट गर्नुपर्ने बैंकले जनाएको छ । त्यसपछि ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा ओटीपी कोड एसएमएसमार्फत आउनेछ । बैंकको एटीएममा गई कार्डलेस विथ ड्रअल अप्सन रोजी एसएमएसमा आएको ओटीपी कोडको प्रयोग गरी सजिलै कार्डबिना नै रकम झिक्न सक्नेछन् । यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राख्न अति आवश्यक रहेको बैंकले जानकारी दिएको छ ।

नयाँ र अत्याधुनिक यस प्रविधिको प्रयोगले भौतिक कार्ड बोक्न बिर्सेको अबस्थामा पनि मोबाइल बैंकिङ प्रयोग एटीएममार्फत सजिलै रकम झिक्न सकिनेछ । बैंकले यसअघि पनि मिस्डकलबाट बिजुुलीको बिल भुक्तानी, मोबाइल बिल भुक्तानीजस्ता सजिला र आधुनिक सेवाहरू प्रदान गर्दै आएको छ । यो सुविधा ग्राहकहरूले बैंकको देशभरि रहेको एक सय ६१ वटा एटीएममार्फत लिनसक्ने जानकारी पनि बैंकले दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया