Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमाछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर वालिङ मालपोत कार्यालयमा

माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर वालिङ मालपोत कार्यालयमा


काठमाडौं । माछापुच्छ्रे बैंक लि.ले स्याङ्जा जिल्लाको वालिङ नगरपालिकामा रहेको मालपोत कार्यालयमा बैंकको एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । मालपोल कार्यालयको राजस्व संकलन तथा त्यसवरपरका बासिन्दाको बैंकिङ आवश्यकतालाई मध्यनजर गर्दै बैंकले उक्त एक्सटेन्सन कार्यालय सञ्चालनमा ल्याएको हो । यही साउन पाँच गतेबाट सञ्चालनमा ल्याइएको एक्सटेन्सन काउन्टरको वालिङ नगरपालिकाका मेयर दिलिप प्रताप खाँडले समुद्घाटन गरेका थिए ।

माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ–नयाँ स्थानहरूमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । सोहीक्रममा बैंकले स्याङ्जा जिल्लाको वालिङमा सुरु गरेको उक्त काउन्टरमार्फत मालपोत कार्यालयको सम्पूर्ण राजस्व संकलनको साथसाथै आम नागरिकलाई आवश्यक पर्ने बैंकिङ सेवा प्रदान गर्नेछ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया