Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी बैंकका ग्राहक अशोककुमार खति ‘युरो कप विथ फोन लोन’को विजेता

लक्ष्मी बैंकका ग्राहक अशोककुमार खति ‘युरो कप विथ फोन लोन’को विजेता


काठमाडौं । फोन लोनले आफ्नो तीन हप्ता लामो ‘युरो कप विथ फोन लोन’ क्याम्पेनको विजेता घोषणा गरेको छ । यस क्याम्पेनका विजेता लक्ष्मी बैंकका ग्राहक अशोककुमार खति भएका छन् र उनले सामसङको ५५–इन्च स्मार्ट टिभी जितेका छन् ।

सो क्याम्पेन असार १ गतेदेखि २३ गतेसम्म चलेको थियो भने यसमा फोन लोन सञ्जालका पाँच बैंक– लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोन का प्रयोगकर्ताहरू सहभागी हुन सक्ने थिए । यस क्याम्पेनमा सहभागी हुनका लागि योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधिभित्र फोनलोनमार्फत कर्जा लिनुपर्ने थियो ।

विजेता छनोट भने फोनलोनको ‘विनर सेलेक्सन सफ्टवेर’द्वारा गरिएको थियो । यस क्याम्पेनमार्फत फोन लोनले ग्राहकहरू माझ कागजरहित, धितोरहित स्मार्ट लोन सुविधाबारे जानकारी गराएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया