Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारधितोपत्र बोर्डद्वारा तीनवटा कम्पनीलाई साधारण सेयर निष्काशनको लागि अनुमति

धितोपत्र बोर्डद्वारा तीनवटा कम्पनीलाई साधारण सेयर निष्काशनको लागि अनुमति


काठमाडौं । नेपाल धितोपत्र बोर्डले पछिल्लो पटक थप तीनवटा कम्पनीहरूलाई साधारण सेयर जारी गर्नको लागि अनुुमति दिएको छ । बोर्डका अनुसार यही असार ३१ गते सानिमा लाइफ इन्स्योरन्स कम्पनी, मानुषी लघुवित्त वित्तीय संस्था र सामलिङ पावर कम्पनीलाई साधारण सेयर जारी गर्नको लागि अनुमति दिइएको हो ।

सोमध्ये सानिमा लाइफले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति पाएको छ । संस्थापक सेयरधनी समूहको ७० प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको ३० प्रतिशत सेयर लगानी रहेको कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा भने प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

बोर्डका अनुसार मानुषी लघुवित्त वित्तीय संस्थाले पनि यही असार ३१ गते नै एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी तीन करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको तीन लाख ९३ हजार सात सय ५० कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति पाएको हो । संस्थापक सेयरधनी समूहको ६४ प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको ३६ प्रतिशत सेयर स्वामित्व रहेको संस्थाको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

यसैगरी सामलिङ पावर कम्पनीले पनि एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी १२ करोड ३० लाख रुपैयाँबराबरको १२ लाख ३० हजार कित्ता साधारण सेयर जारी गर्नको लागि अनुमति पाएको छ । बोर्डका अनुसार उक्त कम्पनीले पनि यही असार ३० गते नै आयोजना प्रभावित क्षेत्रको जनताको लागि उक्त अनुपातमा सेयर जारी गर्नको लागि अनुमति पाएको हो । उक्त कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

Open Photo


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया