Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतीन हजार अंकबाट पनि उकालो लाग्यो सेयर बजार

तीन हजार अंकबाट पनि उकालो लाग्यो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक तीन हजार अंकबाट पनि उकालो लागेको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार बजार परिसुचक १८ दसमलव ७५ अंकले उकालो लागेर तीन हजार चार दसमलव ३१ अंकमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज चार दसमलव छ अंकले उकालो लागेर पाँच सय ६२ दसमलव २४ अंकमा पुुगेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २२ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट एक लाख १४ हजार सात सय ७२ पटकको कारोवारमा पाँच करोड ५९ लाख ६४ हजार ६२ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार आज कुुल कारोवार रकम ११ अर्ब ११ करोड ४१ लाख २ज्ञ हजार छ सय १६ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये पाँच वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् भने आठ वटा र उपसमुहहरुको सुचक ओरालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा र सामुहिक लगानी कोष उपसमुहको सुचक उकालो लागेका छन् भने बिकास बैंक, जीवन बीमा, लघुबित्त, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य र सामुहिक लगानी कोष उपसमुहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया