राष्ट्रिय वाणिज्य बैंकको ५५औं वार्षिकोत्सवको अवसरमा रक्तदान
काठमाडौँ माघ ८
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५५औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसरमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा एक सय ५४ जनाले रक्तदान गरेको बैंकले जानकारी दिएको छ । बैंकको विभिन्न प्रादेशिक कार्यालयहरूमा पनि रक्तदान कार्याक्रम सञ्चालन भइरहेका छन् । साथै, बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा व्याडमिन्टन, टेबलटेनिस, म्यूजिकलचियर, फुटसल खेलकुद प्रतियोगिताको पनि आयोजना गरिरहेको छ । बैंकको ५५औं वार्षिकोत्सवको अवसरमा माघ ४ गते शनिबार बिहान ८ बजे वित्तीयक्षरतासम्बन्धी प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान
- सडक विस्तारसँगै ग्रामीण क्षेत्रको जनजीवन सहज
- आठ महिनामा रू एक खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता
- मन्त्री शर्माले उठाइन भारतमा नेपालीले सिम पाउन खेपेको सास्तीको प्रसङ्ग, दिल्लीको जवाफ के ?
- आकर्षक देखिँदा धेरै कमाइ गर्न तपाईँलाई कसरी सहयोग पुग्छ ?
- नमुना एकीकृत बस्ती निर्माण अलपत्र
- रूपान्तरणको अभियान दूरदराजमा पु-याउन आवश्यक छ : प्रधानमन्त्री
- एकल महिलालाई वडाको साथ
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया