Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमञ्जुश्री फाइनान्सले बढी अनुुपातमा रहेको संस्थापक सेयर बिक्री गर्ने

मञ्जुश्री फाइनान्सले बढी अनुुपातमा रहेको संस्थापक सेयर बिक्री गर्ने


काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले बढी अनुपातमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ । फाइनान्सले संस्थापक समूहअन्तर्गतको १२ हजार पाँच सय ८७ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

फाइनान्सले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य तीन सय रुपैयाँ मात्र तोकिएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम एक सय कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

साथै संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरू वा जो–कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले मिति २०७८ श्रावण १४ गतेदेखि मिति २०७८ भाद्र ८ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आइपुग्ने गरी प्रतिकित्ता आफूले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य सिलबन्दी बोलपत्रमार्फत आवेदन पेस गर्न सकिने जनाइएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया