Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी बैंकको फिक्स्ड ब्याजदर भएको २४ घण्टाभित्रै स्वीकृत हुने ‘अटोलोन’

एनएमबी बैंकको फिक्स्ड ब्याजदर भएको २४ घण्टाभित्रै स्वीकृत हुने ‘अटोलोन’


काठमाडौं । एनएमबी बैंक लिमिटेडले अटो लोन आठ दशमलव ४९ प्रतिशत प्रतिवर्ष ब्याजदरमा २४ घण्टाभित्र प्रवाह गर्ने सुनिश्चितता गरेको छ ।

बैंकले निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुनेगरी पाँच वर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारेको हो । विद्युतीय गाडीको हकमा भने एनएमबी बैंकले बेसरेटमै कर्जा प्रदान गर्दै आइरहेको छ । यसरी ग्राहकवर्गको आफ्नै गाडी चढ्ने सपना पूरा गर्न समान ब्याजदरले झन् सघाउ पु-याउने विश्वास लिइएको छ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरू ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको छ । थप जानकारीको लागि कल एट एनएमबी डटकम डट एनपीमा इमेल वा ०१–५९७१५० मा फोन गर्न सकिने बैंकले जनाएको छ । बैंकले हाल देशभरि एक सय ८१ शाखा, एक सय ३७ एटीएमहरू, नौ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया