Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारहिमालयन बैंक र म्याक्स मनि एसडीएनबीएचडीबीच सम्झौता

हिमालयन बैंक र म्याक्स मनि एसडीएनबीएचडीबीच सम्झौता


काठमाण्डौँ,माघ ८
हिमालयन बैंक लिमिडेड र विप्रेषणको कारोबार गर्दै आएको मलेसियन कम्पनी म्याक्स मनि एसडीएनबीएचडीबीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणा र म्याक्स मनिका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अविद हमिदले क्वालालम्पुर मलेसियामा उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुुन् । साथै दुवै संस्थाका प्रतिनिधिले मलेसियाबाट विप्रेषण सेवा पुनः सुचारु गर्ने नयाँ सम्झौतापत्रमा पनि हस्ताक्षर गरेका छन् ।

हिमालयन बैंक लिमिटेड र म्याक्स मनिले आउँदा दिनहरूमा पनि सम्झौतापत्रमा उल्लेखित प्रावधानहरूमा रही अघि बढ्ने जनाएका छन् । यसैबीच हिमालयन बैंकका प्रमुुख कार्यकारी अधिकृत अशोक शमसेर जवराले म्याक्स मनीले विगतमा भुक्तानी गर्नुपर्ने रकममध्ये ३६ करोड रूपैयाँ भुक्तानी गरिसकेको र बाँकी रहेको १६ करोड रूपैयाँ पनि आगामी साउन मसान्तसम्म भुक्तानी गरिसक्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया