Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारशिखर इन्स्योरेन्स कम्पनी र सिप्रदी ट्रेडिङबीच सम्झौता

शिखर इन्स्योरेन्स कम्पनी र सिप्रदी ट्रेडिङबीच सम्झौता


काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र शिखर इन्स्योरेन्स कम्पनी लिबीच अटोप्लसमा सम्झौता भएको छ । शिखर इन्स्योरेन्सको प्रधान कार्यालय शिखरबीचजमा भएको एक कार्यक्रममा सिप्रदी ट्रेडिङ प्रालिको तर्फबाट संस्थाका उपसभापति सौरव राजथपलिया र शिखर इन्स्योरेन्सको तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले संयुक्त रूपमा हस्ताक्षर गरेका हुुन् ।

यो अटोप्लसमा सम्झौतामा टाटा मोटर्सद्वारा उत्पादित गाडीहरू टाटा योद्धा, टाटा एस र टाटा इन्ट्रामा लागू हुनेछ । यस अटोप्लस स्कीममा सवारी साधन दर्ता भएको मितिबाट पाँच वर्षसम्म लागू हुनेछ । साथै यो स्कीम व्यापक मोटर बीमा पोलिसीमा मात्र लागू हुनेछ । जसअन्तर्गत शून्य ह्रासकट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाको लागि दैनिक भाडादर तीन हजार र टाटा एस÷टाटा इन्ट्राका लागि भाडादर १५ सय प्रतिपूर्ति दिनुका साथैनयाँ गाडी प्रतिस्थापन योजनालगायतका फाइदाहरू रहेका छन् ।

यो योजनामा सहभागी हुनका लागि ग्राहकहरूले दुर्घटना भएको अवस्थामा सिप्रदी ट्रेडिङ प्रालिको आफूलाई पायक पर्ने नेपाल अधिराज्यभरिको कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बीमादाबी गर्न सक्नेछन् । अटोप्लस योजनाले टाटा योद्धा, टाटा एस र टाटा इन्ट्राको ग्राहकहरूलाई थप सहज हुने दुवै कम्पनीको दाबी छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया