Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१५ दसमलव ११ अंकले ओर्लियो सेयर बजार

१५ दसमलव ११ अंकले ओर्लियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको अन्तिम कारोवार दिन आज बिहिबार बजार परिसुचक १५ दसमलव ११ अंकले ओरालो लागेर तीन हजार ७९ दसमलव ८३ अंकमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि आज तीन दसमलव ४७ अंकले ओरालो लागेर पाँच सय ७० दसमलव ८५ अंकमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय १७ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट एक लाख छ हजार छ सय ८२ पटकको कारोवारमा दुई करोड ६० लाख ४० हजार २३ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसअनुसार आज कुल कारोवार रकम १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँ पुग्न सफल भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कल उपसमुहरु मध्ये होटल तथा पर्यटन र बिकास बैंक उपसमुहको सुचकहरु उकालो लागेका छन् भने बाँणिज्य बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, फाईनान्स, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया