Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनआईसी एसियाको वित्तीय विवरण उत्साहजनक

एनआईसी एसियाको वित्तीय विवरण उत्साहजनक


काठमाण्डौँ,माघ ८
एनआईसी एसिया बंैक लिमिटेडको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण उत्साहजनक देखिएको छ । उक्त वित्तीय विवरणका परिसूचकहरू अत्यन्त उत्साहजनक देखिएको जानकारी बैंकले दिएको छ । बैंकले चालू आवको दोस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत अर्थात् ७७ करोड रूपैयाँले वृद्धि गरी दुुई अर्ब ९० करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । यसैगरी खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा ३३ प्रतिशत अर्थात ५० करोड रूपैयाँले वृद्धि गरी दुुई अर्ब एक करोड रूपैयाँ पु¥याएको छ । गत वर्षको सोही अवधिको खुद मुनाफा एक अर्ब ५१ करोड रूपैयाँ रहेको थियो । यस आवको दोस्रो त्रैमाससम्ममा कर्जातर्फ १५ अर्बले वृद्धि गरी एक खर्ब ६५ अर्ब र निक्षेप संकलन तर्फ छ अर्बले रूपैयाँले वृद्धि गरी एक खर्ब ८६ अर्ब पु¥याउन सफल भएको छ । बैंकले आफ्नो रणनीतिअनुसार कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधिकरण गर्दै आएको छ । बैंकले कुल कर्जा लगानीको हाल ७२ प्रतिशत कर्जा यस्ता क्षेत्रमा गरेको छ । त्यसैगरी प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५ प्रतिशत कर्जा लगानी पूर्णरूपले पालना गरेको छ । विविधीकरणकै रणनीतिअनुरूप बैंकको उच्चतम दश ग्राहकहरूको कुल कर्जा बैंकको कुल कर्जाको पाँच प्रतिशतभन्दा कम रहेको छ, जुन बैंकिङ क्षेत्रको उत्कृष्टमध्ये पर्दछ ।
निक्षेपतर्फ पनि बैंक विविधीरणको रणनीतिअनुरूप अघि बढिरहेको छ । बैंकको कल निक्षेप हाल कुल निक्षेपको नौ दशमलव चार प्रतिशत रहेको छ, जुन बैंकिङ क्षेत्रको उत्कृष्टमध्ये एक हो । बैंकले चालू आवको छ महिनामा छ अर्बको कल निक्षेप घटाउन सफल भएको छ । यसरी कुल निक्षेप घट्दा पनि बैंकको निक्षेप यस अवधिमा छ अर्बले बढेको छ । निक्षेपतर्फको उत्कृष्ट १० ग्राहकको अंश मात्र ११ प्रतिशत रहेको छ, जुन बैंकिङ क्षेत्रकै उत्कृष्ट मानिन्छ । यस बैंकका चल्ती तथा वचत निक्षेप हाल बैंकिङ क्षेत्रको उत्कृष्ट मध्ये पर्दछ । बैंकको वार्षिक बिन्दुगत आधारमा प्रतिसेयर आय २१ प्रतिशतले वृद्धि गरी ४१ रूपैयाँ ६१ पैसा तथा स्वपुँजीमा प्रतिफल २४ प्रतिशतले वृद्धि गरी २५ दशमलव १७ प्रतिशत पु¥याउन सफल भएको छ ।

प्रथम त्रैमासमा स्वपुँजी प्रतिफलमा यो बैंक बैंकिङ क्षेत्रमै उत्कृष्ट रहेको थियो ।बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा बैंकको मुलुकभर तीन सय १३ शाखा कार्यालयहरू, चार सय २६ वटा एटीएम, एक सय तीनवटा एक्सटेन्सन काउन्टर एवं ४५ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो सञ्जाल भएको बैंक हुन सफल भएको छ । २१ लाखभन्दा बढी ग्राहकहरूको साथ सञ्चालनमा रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । ‘बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि’ मूल नारासहित सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आवमा करिब तीन अर्ब १५ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई बुभmाइसकेको छ भने वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरूको न्यून उपस्थिति रहेको मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानलगायतका दुर्गम जिल्लाहरू तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको जानकारी पनि बैंकले दिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया