Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजार‘खेती एप’मार्फत किसानहरूलाई कृषि कर्जा

‘खेती एप’मार्फत किसानहरूलाई कृषि कर्जा


काठमाडौं । किसानहरूले ‘खेती एप’मार्फत कृषि कर्जा पाउने भएका छन् । डीभी एक्सिलस र नबिल बैंकले खेती एपमा दर्ता भएका किसानहरूको लागि कृषि साधन, रसायन, मेसिनरी तथा अन्य आवश्यकताहरूलाई खरिद गर्नको लागि सहज वित्तीय पहुँचको प्रदान गर्न सम्झौता गरेका छन् ।

यस रणनीतिक साझेदारीअन्तर्गत किसानहरूलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तीय पहुँच प्रदान गर्न नबिल बैंक अगाडि बढेको छ । यसैगरी, किसानहरूले डीभी एक्सिलसबाट प्राविधिक सहयोग र बजारको सुनिश्चितत्ताबाट लाभ लिन सक्दछन् । यस सहकार्यअन्तर्गत खेती एपको माध्यमबाट कृषकहरूलाई डिजिटल कर्जा प्रदान गरिनेछ । खेती एपमा दर्ता भएका कृषकहरूले एपबाट नबिल बैंकमा कृषि कर्जा आवेदन गर्न सक्नेछन् । उक्त सम्झौतामा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र डीभी एक्सिलसका निर्देशक देवेश प्रधानले हस्ताक्षर गरेका छन् ।

सम्झौता कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले नबिल बैंकले कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पु¥याउने बताए । कृषकहरूको आवश्यकताअनुसार कृषि कर्जा प्रदान गरी उनीहरूको उत्पादन क्षमता वृद्धि गरी देशको आर्थिक विकासमा योगदान पु-याउँदै समाजमा स्वस्थ्य र स्वच्छ तथा अर्गानिक उत्पादनको पहुँच पु-याउने अभियानमा यस सहकार्य सहयोग गर्ने उनको भनाइ थियो । उनकाअनुसार यस साझेदारीसँगै, नबिल बैंकले कृषि क्षेत्रमा प्राविधिक ज्ञानको साथ व्यवसाय विकास कार्यक्रमको मिश्रण गरी कृषकलाई गुणात्मक कृषि संसाधनको सहज उपलब्धता र सहज वित्तीय पहुँचमार्फत परम्परागत वित्तीय लगानी प्रक्रियाको अन्त्य गर्दै एक नवीन सुरुवात गरेको छ ।

त्यस्तै डीभी एक्सिलसका निर्देशक प्रधानले यस सहकार्यको माध्यमबाट डीभी एक्सिलस सक्रिय रूपबाट आफ्नो खेती एपको माध्यमबाट नेपाली किसानहरूलाई सहज डिजिटल कर्जा प्रदान गर्ने काम गरिरहेको बताए । यस सहकार्यको मुख्य उद्देश्य सरल डिजिटल प्रक्रियाको माध्यमबाट नेपालको किसानहरूलाई सहजै वित्तिय पहुच प्रदान गर्नु रहेको उनको भनाइ छ । यसले साना कृषकहरूलाई नवीनतम टेक्नोलोजी, उपकरण, मेसिनरी, प्रविधि र सरसधानको प्रवाहलाई प्रोत्साहित गर्ने उनले दाबी गरे । उनका अनुसार खेती एपमा हालसम्म १० हजारभन्दा बढी किसानहरू, ३ हजारभन्दा बढी उपभोक्ता, एक सयभन्दा बढी रेस्टुरेन्ट र होटलहरू तथा नेपालको प्रमुख कृषि व्यवसायीहरू आबद्ध भइसकेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार, सहकारी–कृषि

तपाईको प्रतिक्रिया