Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१२ दसमलव पाँच अंकले उक्लियो सेयर बजार

१२ दसमलव पाँच अंकले उक्लियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक पुन उकालो लागेको छ । अघिल्लो दिन २६ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको चौथो कारोवार दिन आज बुधबार पनि १२ दसमलव पाँच अंकले उकालो लागेर तीन हजार एक सय २३ दसमलव १४ अंकमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ७१ अंकले उकालो लागेर पाँच सय ७८ दसमलव २३ अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २५ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट एक लाख ४४ हजार अठ सय ८७ पटकको कारोवारमा दुई करोड ८८ लाख १३ हजार आठ सय ३१ कित्ता सेयर खरिदबिक्री भएका छन् । सोही आधारमा आज कुल कारोवार रकम १५ अर्ब ५९ करोड ५७ लाख ९४ हजार दुई सय ७१ रुपैयाँ पगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा यसदिन कारोवार भएका कुुल उपसमुहहरु मध्ये छ वटा उपसमुहरुको सुचक उकालो लागेका छन् भने सात वटा उपसमुहरुको सुचक ओरालो लागेका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, उत्पादनमुलक र लगानी उपसमुहको सुचक उकालो लागेका छन् भने निर्जिवन बीमा, जीवन बीमा, लघुबित्त, ट्रेडिङ, होटल तथा पर्यटन, अन्य र सामुहिक लगानी कोष उपसमुहरुको सुचक भने ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया