Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा लाइफको ६० करोड रुपैयाँबराबरको साधारण सेयर खुला

सानिमा लाइफको ६० करोड रुपैयाँबराबरको साधारण सेयर खुला


काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँबराबरको साधारण सेयरको बिक्री खुला भएको छ । कम्पनीले बिक्री प्रबन्धक प्रभुु क्यापिटल लिमिटेडमार्फत यही साउन २० गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ६० लाख कित्ता साधारण सेयरको बिक्री खुला गरेको हो ।

लगानीकर्ताहरूले न्यूनतम १० देखि अधिकतम ३० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिनसक्ने कम्पनीको सेयर बिक्रीकार्य छिटोमा यही साउन २४ गते र ढिलोमा भदौ दुई गते बन्द हुुनेछ । अधिकृत पुँजी तीन अर्ब तथा जारी पुँजी दुई अर्ब रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । साधारण सेयरको बिक्रीपश्चात् भने कम्पनीको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ पुग्नेछ ।

कुल सेयरमध्येमा पाँच प्रतिशत अर्थात् तीन लाख कित्ता कर्मचारीहरूको लागि, पाँच प्रतिशत अर्थात् तीन लाख कित्ता सामुुहिक लगानी कोषको लागि र बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणको लागि बिक्री हुनेछ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया