Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसमिट लघुवित्तको नाफा ११ करोड ९८ लाख

समिट लघुवित्तको नाफा ११ करोड ९८ लाख


काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–०७८ मा ११ करोड ९८ लाख तीन हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड ९७ लाख १९ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ३९ करोड ४३ लाख रुपैयाँ रहेको संस्थाले आव २०७७–०७८ मा एक अर्ब पाँच करोड छ लाख चार हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब २८ करोड २० लाख ९६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २९ करोड ४० लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ११ करोड ३० लाख ४६ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ८८ प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने संस्थाले ८२ करोड २३ लाख छ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७३ करोड १६ लाख ८८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १७ करोड दुई लाख ७३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ५९ लाख ३० हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ९० प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया