Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारस्वालम्बन लघुवित्त वित्तीय संस्थाको नाफा ६१ करोड ९४ लाख

स्वालम्बन लघुवित्त वित्तीय संस्थाको नाफा ६१ करोड ९४ लाख


काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७–०७८ मा ६१ करोड ९४ लाख ८२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ३५ करोड ६१ लाख ८५ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी ९४ करोड ३० लाख रुपैयाँ रहेको संस्थाले आव २०७७–०७८ मा १० अर्ब ६२ करोड तीन लाख तीन हजार रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ३३ करोड १९ लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ४५ करोड १३ लाख ३४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २९ करोड १० लाख ४९ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ३८ प्रतिशत रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने संस्थाले नौ अर्ब २८ करोड ५१ लाख ५४ हजार रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब २० करोड ६१ लाख ५१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब २५ करोड ४८ लाख तीन हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ३४ करोड एक लाख ३४ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ९९ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया