Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकद्वारा सातवटा नयाँ शाखा सञ्चालन

ग्लोबल आईएमई बैंकद्वारा सातवटा नयाँ शाखा सञ्चालन


काठमडौं  । ग्लोबल आईएमई बैंक लिमिटेडले बुधबारदेखि सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिकाको सीतापाइला, बालाजु चोक र अशन, ललितपुर जिल्ला ललितपुर महानगरपालिकाको धोबीघाट र भैँसेपाटी, भक्तपुर जिल्ला ठिमी नगरपालिकाको गठ्ठाघर एवं धादिङ जिल्ला, निलकण्ठ नगरपालिको धादिङबेँसीस्थित बीचबजारमा गरी एकैसाथ सात नयाँ स्थानमा शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाहरू सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरूको संख्या दुई सय ८० पुगेको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले देशका ७६ जिल्लामा फैलिएको दुई सय ८० शाखा सञ्जालसहित दुई सय ४८ एटीएम, ४७ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, दुुई सय ५७ शाखारहित बैंकिङ सेवा र तीन वटा अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत आफ्ना २३ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ । ‘सबैका लागि बैंक’ भन्ने नारालाई सार्थकता दिँदै बैंकले अझ एक कदम अघि सारेकोे छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया