Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेरो माइक्रोफाइनान्स लघुवित्तको शाखा सितापाइलामा

मेरो माइक्रोफाइनान्स लघुवित्तको शाखा सितापाइलामा


काठमडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले काठमाडौंस्थित सितापाइलामा मंगलबारदेखि शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । दुर्गम तथा ग्रामीण भेगहरूका साथै सहरी क्षेत्रमा आफ्नो उपस्थिति दरिलो र प्रभावकारी बनाउने क्रममा शाखा सञ्चालनमा ल्याएको संस्थाले जानकारी दिएको छ ।

संस्थाका सञ्चालक समितिका अध्यक्ष सञ्जिव मानन्धरबाट एक समारोहबीच सितापाइला शाखा कार्यालय उद्घाटन भएको हो । शाखा कार्यालय उद्घाटन कार्यक्रममा संस्थाका सञ्चालक समितिका पदाधिकारीहरू तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहलाई सम्वोधन गर्दै संस्थाका अध्यक्ष मानन्धरले शाखा कार्यालय सञ्चालनमा आएकोमा संस्थालाई बधाई दिए । साथै सबल अनि विश्वसनीय संस्थाको रूपमा स्थापित गराउन आफू निरन्तर लागिपर्ने समेत बताए । लघुवित्त कार्यक्रमले स्थानीय स्रोत साधन र सीपको अत्यधिक उपयोग गरी नागरिकहरूलाई उत्पादनशील कार्यमा संलग्न गराई व्यावसायिक क्रियाकलापमा लगाउन लघुवित्तले सहयोग पु¥याउने समेत विश्वास व्यक्त गरे ।

त्यस्तै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले सबै वर्ग र क्षेत्रलाई लघुवित्त कार्यक्रममा समावेश गरी स्थानीय सीप र स्रोतको परिचालनमा नागरिकहरूलाई आर्थिक रूपमा सक्षम बनाउनु संस्थाको उद्देश्य रहेको प्रमुख कार्यकारी अधिकृत दाहालले बताए । त्यस्तै नागरिकहरूले गरेको अथाह विश्वास, भरोसाले देशभरका हरेक सम्भावित क्षेत्रको अध्ययन गरी निकट भविष्यमा थप शाखा सञ्जाल विस्तार गर्ने योजना रहेको समेत बताए ।

नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको माइक्रोफाइनान्सको नयाँ शाखा विस्तारसँगै ६१ जिल्लामा एक सय ३० शाखा कार्यालय पुगेको छ । संस्थाले आफ्ना ग्राहकहरूलाई आधुनिक एसएमएस मोबाइल बैंकिङ सुविधा समेत उपलब्ध गराइरहेको संस्थाले जनाएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया