Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१६ अंकले ओर्लियो सेयर बजार

१६ अंकले ओर्लियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो १२ अंकले उकालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार १६ अंकले ओरालो लागेर तीन हजार एक सउ सात दसमलव ४५ अंकमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दसमलव ६४ अंकले उकालो लागेर पाँच सय ७९ अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २६ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट एक लाख ३५ हजार ४२ पटकको कारोवारमा दुई करोड ८८ लाख ४५ हजार चार सय ३१ कित्ता सेयर किनबेच भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार नौ सय ६५ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये बाणिज्य बैंक र बिकास बैंक उपसमुहहरुको सुचक उकालो लागेका छन् भने जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी उपसमुहरुहको सुचक ओरालो लागेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया