Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारकनेक्ट आईपीएसको मासिक कारोबार १० अर्ब नाग्यो

कनेक्ट आईपीएसको मासिक कारोबार १० अर्ब नाग्यो


काठमाडौं, माघ ९
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले सञ्चालन गर्दै आएको कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमार्फत भएका मासिक कारोबार पुुस महिनामा १२ अर्ब पाँच करोड रूपैयाँभन्दा बढी पुगेको छ । एनसीएचएलको लागि वैशाख, २०७५ बाट प्रारम्भिक सञ्चालनमा आएदेखि पुसमा हालसम्मको सबैभन्दा बढी कारोबार भएको छ । यस आर्थिक वर्षको पुुस मसान्तसम्म कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमार्फत भएको (कारोबार संख्या) छ लाख ५० हजार एक सय ४२ रहेको छ । जुन सेटलमेन्ट रकममा ४२ अर्ब ४८ करोड रूपैयाँबराबरको हो, कम्पनीले भनेको छ ।

कारोबारमा भइरहेको वृद्धिले नेपालमा बैंक खातामा आधारित रियल–टाइम रिटेल भुक्तानी प्रणालीको स्वीकार्यता बढेको बुझिएको छ । कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणाली अनलाइन भुक्तानीको एकीकृत प्ल्याटफर्म हो, जसमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेट–वे), क्रेडिट कार्ड/बिल भुक्तानीलगायतका सुविधा उपलब्ध रहेका छन् । उक्त प्ल्याटफर्ममा सदस्य बैंकका ग्राहकहरूले फण्ड ट्रान्सफरलगायत अन्य सेवाहरूमा सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोषसम्बन्धी भुक्तानी, मोबाइल वालेटमा फण्ड लोड, नेप्से अनलाइन ट्रेडिङ तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल/कलेज, इन्स्युरेन्स भुक्तानीजस्ता कारोबारहरू गर्न सकिने व्यवस्था रहेको छ ।

एनसीएचएलले विद्युतीय चेक भुक्तानी, अन्तर बैंक भुक्तानी प्रणाली र कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणाल सञ्चालन गर्दै आएको छ । आर्थिक वर्ष २०७६/७७ को पुुस मसान्तसम्ममा यी प्रणालीहरूमार्फत एनसीएचएलले कारोबार संख्या ८१ हजार दुुई सय ४९ को कुल सेटलमेन्ट रकम ४२ दशमलव १७ बराबर राफसाफ गर्न सफल भएको छ, जुन गत आव सोही अवधिभन्दा क्रमशः ४४ प्रतिशत र २६ प्रतिशतको वृद्धि रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया