Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजाररेमिट्ली र जीएमईबीच विप्रेषण सम्झौता

रेमिट्ली र जीएमईबीच विप्रेषण सम्झौता


काठमाडौं, माघ ९
रेमिट्ली र जीएमई रेमिट प्रालिबीच विप्रेषणसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा जीएमई रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र रेमिट्लीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याथो अपेन्थेमिरले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात् यही माघ आठ गतेदेखि नै रेमिट्लीमार्फत विश्वभरिबाट पठाएको रकम जीएमई रेमिटको सात हजारभन्दा बढी एजेन्टमार्फत भुक्तानी लिन सकिनेछ । हाल जीएमई रेमिटले दक्षिण कोरिया, अमेरिका, यूके, मलेसिया, जापानलगायत खाडी मुलुकहरूबाट रेमिट्यान्स कारोबार गर्दै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया