Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमेगा बैंकको वित्तीय साक्षरता

मेगा बैंकको वित्तीय साक्षरता


काठमाडौं, माघ ९
मेगा बैंक नेपाल लिमिटेडले सुर्खेतमा नेपाली सेनाका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । देशका विभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गरिसकेको मेगाले सुर्खेतस्थित नेपाली सेनाको उत्तरपश्चिम तालिम शिक्षालय लेखपर्सामा एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा मेगा बैंक सुर्खेत शाखाका प्रबन्धक विक्रम थापाले वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणका साथै मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्कलगायतका बारेमा जानकारी गराएका हुुन । कार्यक्रममा नेपाली सेनाका प्रमुख सेनानी विशाल सिंहले सेनालाई वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम गरी बैंकिङ प्रक्रिया, सेवा, सुविधाका बारेमा जानकारी गराइदिएकोमा धन्यवाद व्यक्त गरे । कार्यक्रममा नेपाली सेनाका विभिन्न दर्जाका एक सय जनाको सहभागिता थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x