Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारग्लोबल आईएमई बैंकका दुई नयाँ शाखा सञ्चालनमा

ग्लोबल आईएमई बैंकका दुई नयाँ शाखा सञ्चालनमा


काठमाडौं, माघ १०
ग्लोबल आइएमई बैंक लिमिटेडका दुई नयाँ शाखा बिहीबारबाट सञ्चालनमा आएका छन् । बैंकले वाग्मती प्रदेशको काठमाडौँं जिल्ला, टोखा नगरपालिका वडा नं. ३, बालुवापाटी र प्रदेश नं. ५ को कपिलवस्तु जिल्ला, कृष्णनगर नगरपालिका वडा नं. २, गुरुद्वारा रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

दुई नयाँ शाखाहरू सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरूको संख्या दुुई सय ६९ पुगेको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले दुई सय ६९ वटा शाखा, ३७ वटा राजस्व संकलन तथा एक्सटेन्सन काउन्टर, दुुई सय ५६ एटीएम तथा दुुई सय ४८ शाखारहित बैंकिङ सेवा र नेपाल बाहिर तीन प्रतिनिधि÷सम्पर्क कार्यालयमार्फत आफ्ना १८ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया