देवः विकास बैंकको रिमझिम र हस्पिटल रोड शाखा
काठमाडौं, माघ १०
देवः विकास बैंक लिमिटेडको खजुरा गाउँपालिका, रिमझिम बजारमा सञ्चालित रिमझिम शाखा कार्यालयको एक कार्यक्रमबीच बैंक सञ्चालक समितिका अध्यक्ष उपरथि बज्र गुरुङ (अप्रा)बाट औपचारिक उद्घाटन गरिएको छ । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अध्यक्ष बज्र गुरुङले गुणस्तरीय सेवा विस्तारमा जोड दिँदै बैंकलाई कुमारी बैंकसँग समाहित गरी अझ उत्कृष्ट सेवा प्रदान गर्न लागेको बताए । कार्यक्रममा देवः विकास बैंक लिका सञ्चालक विजयराज शर्मा भुषाल, खजुरा गाउँपालिकाका वडा नं. २ का अध्यक्ष देविलाल शर्मा, रिमझिम बजार व्यवस्थापन समितिका अध्यक्ष श्री प्रमोद रेग्मीको समेत उपस्थिति रहेको थियो ।
यसैगरी घोराही उप महानगरपालिकाको हस्पिटल रोडमा सञ्चालनमा ल्याएको नयाँ शाखा कार्यालयको बुुधबार बैंक सञ्चालक समितिका अध्यक्ष उपरथि बज्र गुरुङ (अप्रा)को सभापतित्वमा आयोजित समारोहमा प्रमुख अतिथि, घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीबाट उद्घाटन गरिएको थियो । कार्यक्रममा आफ्नो विशेष मन्तव्य राख्दै घोराही नगर क्षेत्रको बढ्दो आर्थिक गतिविधि, शहरीकरण र ग्राहकको मागबमोजिम एउटै बजार क्षेत्रभित्र दुईवटा शाखा सञ्चालन गरेर आर्थिक गतिविधिलाई सहज बनाइदिएको र बैंकले वित्तीय साक्षरता तथा पहुँचमा वृिद्ध हुने कार्यमा समेत जोड दिन आवश्यक रहेको बताए
कार्यक्रममा बैंकका सञ्चालक विजयराज शर्मा भुषाल, घोराही उद्योग वाणिज्य संघका अध्यक्ष, नारायण भुषाल, नागरिक समाज, दाङका अध्यक्ष चन्द्रराज पन्त, दाङ महिला जेसिस २०२० का अध्यक्ष, जीवा भुषालले पनि मन्तव्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै बैंकका प्रमूख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले देवः विकास बैंक सधैँ ग्राहकको अधिकतम सुविधालाई ध्यानमा राखी अगाडि बढिरहेको र समयानुकूल आधुनिक बैंकिङ सेवा विस्तार एवं स्तरोन्नतिका लागि कुमारी बैंक लिसँग एक्वीजिसनमा जान लागेको जानकारी दिए । कार्यक्रममा, बैंकका क्षेत्रीय प्रमुख, पत्रकार, विभिन्न संघसंस्थाका प्रमुख, व्यापारी, स्थानीय व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया