सिद्धार्थ बैंकको सहयोगमा आँखा शल्यक्रिया शिविर
काठमाडौं, माघ १०
सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौँं जिल्लाको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । बैंकले २०७६ पुस २२ देखि पुस २५ सम्म श्रीनगर (सर्लाही) र पुस २७ देखि पुस २९ सम्म मलङ्गवा (सर्लाही)मा सञ्चालन भएको उक्त शिविरमा कुल एक हजार दुई सय ४१ जनाको आँखा परीक्षण गरिएको थियो । परीक्षण गरिएका मध्ये एक सय ७८ जना मोतीयाबिन्दु रोगीहरूको पहिचान गरी उनीहरूको आँखा शल्यक्रिया गरिएको थियो । उक्त शल्यक्रियाका लागि बैंकले नेपाल आँखा अस्पताललाई चार लाख ४७ हजार रुपैयाँ सहयोग गरेको थियो ।
उक्त सहयोग रकम बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले एक विशेष कार्यक्रमका बीच नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेलाई हस्तान्तरण गरेका हुुन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यक्रमहरूमा निरन्तर सहभागिता जनाउँदै जानेछ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर एक सय ८० वटा शाखा (चार वटा एक्सटेन्सन काउन्टरसहित), एक सय एकवटा शाखारहित बैंकिङ सेवा, दुुई सयवटा एटीएम र १६ सयभन्दा बढी पस मेसिनमार्फत उच्चस्तरीय बैैकिङ सेवा प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- बलेरो दुर्घटनामा एकको मृत्यु, सात घाइते
- शिक्षा प्रणाली प्रविधिमैत्री बन्न सकेन : मुख्यमन्त्री शर्मा
- प्रधानमन्त्रीद्वारा राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना
- उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
- गभर्नर र सीबीफिनबीच छलफल
- खल्ती र पीसीएसबीच समझदारी
- महिला लघुवित्तको तालिम
- आत्मनिर्भर अर्थतन्त्रमा नागरिक समुन्नति
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
तपाईको प्रतिक्रिया