Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएनएमबी लघुवित्तको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ६० पैसा

एनएमबी लघुवित्तको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ६० पैसा


काठमाडौं, माघ १२
एनएमबि लघुवित्तले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा चार करोड ९० लाख रुपैया खुद नाफा कमाएको वित्तीय विवरण सार्वजानिक गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा एक करोड तीन लाख रुपैयाँ मात्र खुद नाफा कमाएको संस्थाले चालू आर्थिक वर्षको सोही अवधिमा तीन करोड ८७ लाख रुपैयाँले बढाएको हो । लघुवित्तको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ६० पैसा पुगेको छ । जुन आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ३३ रुपैयाँ ८६ पैसाले वृद्धि भएको छ ।

लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालननाफा बढ्नुका साथै खराब कर्जा उठाउन सफल भएका कारण खुद नाफा बढेको हो । यस अवधिमा लघुवित्तले १३ करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने चार करोड ८१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । समीक्षा अवधिमा लघुवित्तले एक अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन र दुई अर्ब ४७ करोड रुपैयाँबराबरको सापटीमार्फत तीन अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

संस्थाको चुक्ता पुँजी १६ करोड २० लाख रुपैयाँबाट बढेर २१ करोड ६ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष नौ करोड ७० लाख रुपैयाँबाट बढेर १७ करोड ५८ लाख रुपैयाँ पुगेको छ । एनएमबि बैंकको आठ करोड २६ लाख रुपैयाँ लगानी रहेको संस्थाले यस अवधिमा खराब कर्जा दुई दशमलव ८९ प्रतिशतबाट दुई दशमलव ८२ प्रतिशतमा झार्न सफल भएको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ एक सय ८३ रुपैयाँ ५२ पैसा र मूल्य आम्दानी अनुपात १७ दशमलव १७ गुणा रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया