ग्लोबल आईएमई बैंकको साइकल -याली
काठमाडौं, माघ १२
ग्लोबल आइएमई बैंकले आफ्नो तेह्रौं वार्षिकोत्सवको अवसरमा वित्तीय साक्षरताको लागि साइकल -याली तथा गोष्ठीको आयोजना गरेको छ । शनिबार वित्तीय साक्षरता तथा नेपाल भ्रमण वर्ष २०२० को प्रचार/प्रसार सम्बन्धी विभिन्न सन्देश मुलक प्ले कार्डसहित कान्तिपथ शाखाबाट सुरु भई लैनचौर, सोह्खुट्टे, छाउनी, हलचोक, इचंगुनारायण हुँदै रामकोट नागार्जुनस्थित जनउद्धार मा.वि.सम्म साइकल ¥यालीको आयोजना गरिएको बैंकले जानकारी दिएको छ ।
-यालीमा एक सय ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो । -याली समापन समारोहमा प्रमुख अतिथि नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत, जनउद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक रवि खनाल, नागार्जुन नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष महेश रिमाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द खनाल तथा ग्लोबल आइएमई बैंकका नायब महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले बैंकिङ साक्षरता सम्बन्धी मन्तब्य राखेका थिए ।
सोही अवसरमा बैंकले विद्यालयलाई एक थान हेभी ड्युटी फोटोकपी मेसिन र शैक्षिक सामग्रीहरु प्रदान गरेको छ । नागार्जुन नगरपालिकाका मेयर बस्नेत र बैंकका नायब महाप्रबन्धक सुरेन्द्रराज रेग्मीले फोटोकपी मेसिन र शैक्षिक सामग्रीहरु संयुक्तरुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द खनाल र प्रधानाध्यापक रवि खनाललाई हस्तान्तरण गरेका हुन । यसैगरी शुक्रबार बैंकको डुम्रे शाखामार्फत तनहुँ जिल्लाकोे भानु नगरपालिका फुस्रेटारस्थित भानु संस्कृत माध्यमिक विद्यालयमा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । भानु नगरपालिकाका मेयर उदयराज गौलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा भानु नगरपालिकामा रहेका ७ विद्यालयका शिक्षकहरु र विद्यार्थी गरी करिब तीन सय जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा जनरल बैंकिङ तथा डिजिटल बैंकिङ गरी दुई वटा साक्षरता कक्षा सञ्चालन गरिएको थियो । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनअनुरुप समय–समयमा वित्तीय साक्षरताका यस्ता कार्यक्रमहरु सञ्चालन गरी स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर वित्तीय साक्षरता लगायत विभिन्न सामाजिक कार्यहरुमा गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया