Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारएभरेष्ट बैंकद्वारा ‘एभरेष्ट उत्सवमय अफर’ सार्वजनिक

एभरेष्ट बैंकद्वारा ‘एभरेष्ट उत्सवमय अफर’ सार्वजनिक


काठमाडौं । एभरेष्ट बैंकले आउँदै गरेको नेपालीहरुको महान चाडलाई ध्यानमा राख्दै ‘एभरेष्ट उत्सवमय अफर सार्वजनिक गरेको छ । यसअन्तर्गत सबै क्षेत्रलाई समेट्दै, घरभाडाभन्दा सस्तो घर कर्जा, स्वरोजगार तथा उद्यमीको लागि साना तथा मझौला उद्योग कर्जा, आफ्नै सावारीसाधनको लागि गाडी तथा मोटरसाइकल कर्जा, तथा व्यक्तिगत प्रयोजनको लागि व्यक्तिगत कर्जा, योजना ल्याएको बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार यही २७ गतेदेखि लागू भएको यस कर्जा योजनामा घर कर्जा सात दशमलव ४८ प्रतिशत, साना तथा मझौला उद्योग कर्जा सात दशमलव २४ प्रतिशत, गाडी कर्जा छ दशमलव ८८ प्रतिशत, मोटरसाइकल कर्जा सात दशमलव ९९ प्र्रतिशत तथा व्यक्तिगत कर्जा सात दशमलव ९९ प्रतिशत ब्याजदरमा उपलब्ध हुनेछ । यस कर्जा योजनाबाट उत्सवलाई झनै उत्सवमय बनाउनका निम्ति, ग्राहकहरुका लागि अतुलनीय योजनाहरु प्रस्तुत गरी यस चाडपर्वलाई कर्जा लिने सही समय बनाएको बैंकले जनाएको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया