Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल ब्यालेन्स्ड फन्ड–३ का एकाइहरुमा माग गरिएभन्दा बढीको आवेदन

नबिल ब्यालेन्स्ड फन्ड–३ का एकाइहरुमा माग गरिएभन्दा बढीको आवेदन


काठमाडौं । नबिल ब्यालेन्स्ड फन्ड–३ का एकाइहरुमा माग गरिएभन्दा बढीको आवेदन परेको छ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना नबिल ब्यालेन्स्ड फन्ड–३ को प्रतिइकाइ मूल्य १० रुपैयाँको दरकले १० करोड एकाइमध्ये एक करोड ५० लाख वा कुल बिक्री भएको एकाइ संख्याको न्यूनतम १४ प्रतिशत एकाइ कोष प्रवर्द्धक नबिल बैंक लिमिटेड र १ प्रतिशत योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको आठ करोड ५० लाख एकाइमा सार्वजनिक निष्काशन गरेको तीन दिनमै मागभन्दा बढी एकाइ खरिदका लागि आवेदन प्राप्त भएको छ ।

सर्वसाधारण लगानीकर्ताहरुको उल्लेखनीय सहभागिता स्वरुप एक लाख चार हजार सात सय ७९ (प्रमाणित हुन बाँकी समेत गरी) आवेदकहरुबाट करिब १२ करोड ६२ लाख ५५ हजार ४० (प्रमाणित हुनबाँकी समेत गरी) बराबरको एकाइ खरिदका लागि आवेदन परेको छ, जुन बिक्रीको लागि माग गरिएको आवेदन रकमभन्दा २५ प्रतिशतले बढी आवेदन परेको छ । यो योजनाको बिक्री बन्द भने भोलि मात्र हुने भएकाले माथि उल्लेख गरिएको आवेदन संख्या अझ बढ्ने देखिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया