Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकका ग्राहकले शून्य प्रतिशत किस्तामा सामसुङको मोबाइल किन्न सक्ने

सानिमा बैंकका ग्राहकले शून्य प्रतिशत किस्तामा सामसुङको मोबाइल किन्न सक्ने


काठमाडौं । सानिमा बैंकका ग्राहकले शून्य प्रतिशत किस्तामा सामसुङको मोबाइल किन्न सक्ने भएका छन् । बैंकका अनुसार नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेताहरु आईएमएस नेपाल प्रालि र हिम इलेक्ट्रोनिक्सबीच सानिमा बैंकका ग्राहकहरुलाई सामसुङको फल्यागसिप स्मार्टफोन जस्तैः जेड फोल्ड थ्री र जेड फिलपथ्री स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौताअनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक किस्तामा १२ महिना समयावधिको लागि प्रि—बुकिङ गर्न सक्नेछन् । यसका साथै प्रि–बुकिङमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन् । भदौ २० गतेबाट प्रि–बुकिङ सुरु भएको उक्त मोबाइल फोनको औपचारिक लन्च आश्विन ६ गते हुनेछ ।

प्रि–बुकिङ आईएमएस स्मार्ट तथा सामसुङ प्लाजास्थित हिम इलेक्ट्रोनिक्सको नेपालभर रहेका आधिकारिक आउटलेटबाट गर्न सक्नेछन् । सानिमा बैंकको क्रेडिट कार्ड बैंकको वेबसाइटमा लगइन गरी आवेदन दिन सकिन्छ । बैंकको देशका सातै प्रदेशमा एक सय चारवटा शाखा कार्यालय तथा ९६ वटा एटीएम सञ्चालनमा रहेका छन् । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया