Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंकको रेटिङमा स्तर वृद्धि

ग्लोबल आईएमई बैंकको रेटिङमा स्तर वृद्धि


काठमाडौं । ग्लोबल आईएमई बैंकको रेटिङमा स्तर वृद्धि भएको छ । नेपालस्थित रेटिङ एजेन्सी इक्रा नेपालले ग्लोबल आईएमई बैंकको रेटिङलाई स्तर वृद्धि गरेको हो । इक्रा नेपालले जारीकर्ता रेटिङलाई ‘ए’बाट ‘एलए’मा स्त्तर वृद्धि गरेको हो । यस रेटिङगले बैंकको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमा नै पूरा गर्नसक्ने पर्याप्त क्षमता तथा कर्जा जोखिम न्यून रहेको जनाउँछ ।

बैंकको पर्याप्त तरलता तथा पुँजीकोष, कर्जाको गुणस्तर तथा मिश्रण, बृहत् कार्यालय सञ्जाल, स्वस्थ ब्याज आम्दानी तथा आय विवरण, सञ्चालन खर्चमा नियन्त्रण, कुशल जोखिम व्यवस्थापन अभ्यास, बलियो प्रवर्द्धक समूह, अनुभवी बोर्ड तथा व्यवस्थापन नेतृत्व आदिजस्ता तथ्यको आधारमा यस बैंकको रेटिङको स्तर वृद्धि गरिएको हो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया