Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र सूचीकृत

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र सूचीकृत


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको आठ दशमलव पाँच प्रतिशत आरबीबी डिबेञ्चर २०८३ नामको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार हुन सक्ने गरी सोमबार सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल स्टक एक्सचन्ज लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाँलले हस्ताक्षर गरेका हुुन् ।

बैंकले छ वर्ष अवधि भएको वार्षिक आठ दशमलव ५० प्रतिशत ब्याजदरको कुल दुई अर्ब ५० करोड रुपैयाँ (२५ लाख कित्ता) मूल्यबराबरको ऋणपत्र बिक्री गत जेठ २८ गतेदेखि असार ८ गतेसम्म बिक्री गरेको थियो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ । उक्त सम्झौतापत्र आदानप्रदान कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृतद्वय सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुख पवन रेग्मी, नेपाल स्टक एक्सचेञ्जका प्रविन पन्दाक, भेष लराज खनाल, आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेललगायत कर्मचारीहरुकोे उपस्थिति रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया