Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकद्वारा विभिन्न संस्थाहरूलाई सहयोग

मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न संस्थाहरूलाई सहयोग


काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्था, व्यक्तिहरूलाई सहयोग गर्दै आएको छ । सोही क्रममा बैंकले भदौ महिनामा मात्र पाँच विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यहरूमा सहयोग गरेको छ । बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरी‘ फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी’ लागि ५० हजार रुपैयाँ रकम मिडिया इन्टरनेसनल प्रालिलाई सहयोग गरेको छ ।

यसैगरी कास्कीको मालपोत कार्यालयमा आउने सेवाग्राहीहरू बस्ने प्रतीक्षालयहरूमा आराम कुर्र्सीहरूको अभाव भएको हँुदा बैंकले तीन थान तीन सिटरको फलामको कुर्सी मालपोत कार्यालय–कास्कीलाई हस्तान्तरण गरेको जानकारी दिएको छ । यसका साथै, बैंकले बालबालिकाको शिक्षामा टेवा पु¥याउनका निमित्त रेस्ट फाउन्डेसनअन्तर्गत हेरचाह गरिएका आर्थिक स्थिति कमजोर भएका बालबालिकाका लागि चाहिने किताबको दराजको निमार्ण गर्न हेतु ४० हजार रुपैयाँ सहयोग गरेको जानकारी दिएको छ ।

यसैगरी, बैंकले भैँसेपाटीस्थित प्रगति युवा कल्बद्वारा आयोजन भएको रक्तदान कार्यक्रमका लागि पनि आर्थिक सहयोग गरेको छ । उक्त कार्यक्रमले विद्यमान चरम रक्त अभावलाई केही हदसम्म भए पनि सहयोग हुने अपेक्षा बैंकले गरेको छ । यसका साथै बैंकले आर्थिक स्थिति कमजोर भएका कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं २२ का २८ वर्षीय प्रकाश बरालको मिर्गौला प्रत्यारोपणका लागि ५० हजार रुपैयाँ सहयोग गरेको जानकारी दिएको छ । यो सहयोगहरूबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिकको हितमा काम हुने विश्वास लिएको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदिजस्ता सेवाहरू बैंकको शाखामा भौतिकरूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको जनाएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया