Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारघोडीघोडा लघुवित्तद्वारा विशेषसभाको आह्वान

घोडीघोडा लघुवित्तद्वारा विशेषसभाको आह्वान


काठमाडौं । घोडीघोडा लघुुवित्त वित्तीय संस्थाले पहिलो विशेष साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही असोज १६ गते धनगढीको होटल रुबसमा विशेष साधारणसभा गर्न लागेको हो । सभाले युनिक लघुुवित्त वित्तीय संस्थासंग गाभिने अर्थात् मर्जरमा जाने प्रयोजनको लागि उक्त मितिमा विशेष साधारणसभा आह्वान गरेको हो ।

सभाले घोडीघोडाको एक सय कित्ताबराबर युनिकको ५० कित्ता अर्थात् १००ः५० को अनुपातमा सेयरको स्वाप रेसियो कायम गर्नेलगायतका प्रस्तावहरु पारित गर्ने तयारी गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७–०७८ मा १८ करोड ४३ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाले १२ लाख २९ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको थियो ।

हाल चुक्ता पुँजी दुई करोड ७६ लाख २५ हजार रुपैयाँ रहेको संस्थाले आव २०७७–०७८ मा पाँच करोड ५४ लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरी ३५ करोड ८८ लाख ४३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक करोड २३ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाले तीन करोड ७६ लाख ५८ हजार रुपैयाँ निक्षेप संकलन गरी ३२ करोड ४२ लाख एक हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ४२ लाख ८१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ५९ लाख ५१ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव २४ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया