Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार२८ सय ८९ बिन्दुमा खुम्चियो सेयर बजार

२८ सय ८९ बिन्दुमा खुम्चियो सेयर बजार


काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको चौथो कारोवार दिन आज बुधबार बजार परिसुचक ४० दसमलव २६ अंकले ओरालो लागेर २८ सय ८९ दसमलव तीन बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दसमलव १६ अंकले ओरालो लागेर पाँच सय ३८ दसमलव ५० बिन्दुुमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २२ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट ७५ हजार आठ सय ९५ पटकको कारोवारमा एक करोड पाँच लाख ५७ हजार आठ सय ६६ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोवार रकम पाँच अर्ब ३५ करोड ८० लाख ९७ हजार दुई सय ५१ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये सबै उपसमुहरुको सुचक ओरालो लागेर सेयर बजार पुरै रातो देखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया