Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारलक्ष्मी बैंकको एक सय ३६औं शाखा पोखराको विरौटामा

लक्ष्मी बैंकको एक सय ३६औं शाखा पोखराको विरौटामा


काठमाडौं । लक्ष्मी बैंकले पोखराको विरौटामा पनि शाखा विस्तार गरेको छ । बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा एक सय ३६औं शाखा कास्की जिल्लाको पोखरा महानगरपालिका वडा न. १७ को विरौटामा सञ्चालनमा ल्याएकोे हो । यो शाखामार्फत बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरूमाझ वित्तीय पहुँच पु-याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको सुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ४९ जिल्लामा एक सय ३६ शाखा, सातवटा एक्सटेन्सन काउन्टर र पाँचवटा हस्पिटल सेवा काउन्टर, एक सय ६६ एटीएम, २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको छ । यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा आक्रामकरूपमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ ।

यो शाखाको विस्तारसँगै बैंकले ग्राहकहरूलाई उनीहरूकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवाप्रादन गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरूप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया