Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षरोपण

ग्लोबल आईएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षरोपण


काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस, प्राणीशास्त्र (जुलोजी) विभाग परिसरमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

वृक्षरोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालय जुलोजी विभाग प्रमुख प्राध्यापक तेजबहादुर थापा तथा ग्लोबल आईएमई बैंक, कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले संयुक्तरूपमा गरेका थिए । विश्वविद्यालय क्याम्पस, जुलोजी विभाग परिसरको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियानअन्तर्गत विभागीय भवनदेखि मूल सडकसम्म करिब एक सय चाँप, धुपी तथा विभिन्न प्रजातिका बिरुवाहरू रोपण गरी बिरुवाको सुरक्षाको लागि ‘ट्रि गार्ड’ समेत लगाइएको छ ।

कार्यक्रममा विश्वविद्यालय जुलोजी विभागका प्राध्यापक डा. राजेन्द्रप्रसाद पराजुली र प्रेमबहादुर बुढा, प्राध्यापकहरू डा. विष्णुप्रसाद भट्टराई, पिताम्बर ढकाल र सन्तोषी श्रेष्ठलगायत विभागअन्तर्गतका विद्यार्थीहरू एवं बैंकका कर्मचारीहरूको सहभागिता रहेको थियो । बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर यस किसिमका विभिन्न सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै आएको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया