Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसेञ्चुरी बैंक, आन्तरिक विप्रेशणमा सहज बन्दै

सेञ्चुरी बैंक, आन्तरिक विप्रेशणमा सहज बन्दै


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकहरूको सुविधालाई ध्यानमा राख्दै मोबाइल बैंकिङ एप सेञ्चुरी–पेबाट अनलाइन आन्तरिक रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । यसअन्तर्गत सेञ्चुरी रेमिट (रेमिट्यान्स सेवा) मोबाइल बैंकिङ एपमा थप गरिएको छ । यो सेवा सञ्चालनमा आएसँगै बैंकका ग्राहकहरूले आन्तरिक विप्रेशण सोझै मोबाइल बैंकिङ एपबाट पठाउन सक्नेछन् ।

आन्तरिक रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ एपमा रहेको सेञ्चुरी रेमिटमार्फत सोझै नगद वा बैंकको खातामा जम्मा गर्न मिल्ने दुवै सुविधामध्ये एक रोज्न सकिनेछ । यसका साथै मोबाइल बैंकिङ एपमा रहेको रिसिभ रेमिट्यान्स प्रयोग गरी आन्तरिक विप्रेशण कार्य गर्न सकिनेछ । साथै यस सुविधाअन्तर्गत ग्राहकहरूले सेञ्चुरी कमर्सियल बैंकका शाखा कार्यलयहरू र देशका ७७ जिल्लामा रहेका १० हजार आधिकारिक एजेन्टमार्फत रेमिट्यान्स रकम संकलन गर्न सक्नेछन् । बैंकले काठमाडौँ उपत्यकामा २३ शाखाहरू र सातवटा एक्सटेन्सन काउन्टर र उपत्यकाबाहिर एक सय तीन वटा शाखाहरू र तीनवटा एक्सटेन्सन काउन्टर साथै २४ वटा शाखारहित बैंकिङ गरी जम्मा एक सय ६० स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ । 


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया