Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारमुक्तिनाथ विकास बैंकको तीन महिने व्यक्तिगत मुद्दती निक्षेपमा सर्वाधिक ब्याज

मुक्तिनाथ विकास बैंकको तीन महिने व्यक्तिगत मुद्दती निक्षेपमा सर्वाधिक ब्याज


काठमाडौं । मुक्तिनाथ विकास बैंकले यही असोज एक गतेदेखि लागू हुनेगरी व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा भारी वृद्धि गरेको छ । बैंकले व्यक्तिगत मुद्दतीमा ३ महिनाको लागि नै सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुर्नेगरी ब्याजदर दिने भएको छ ।

साथै, बैंकले ३ महिने संस्थागत मुद्दतीमा पनि सर्वाधिक ९ दशमलव ५ प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुर्ने गरी ब्याजदर प्रकाशित गरेका छ । ३ महिना अवधिको लागि वाणिज्य तथा विकास बैंकहरूले २०७८ असोज महिनाको लागि हालसम्म प्रकाशित गरेको ब्याजदरमध्येमा सो व्यक्तिगत तथा संस्थागत ब्याजदर उच्च रहेको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिजा नेटर्वटमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदिजस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया