Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबेष्ट फाइनान्सको २४औँ वार्षिक साधारणसभा

बेष्ट फाइनान्सको २४औँ वार्षिक साधारणसभा

गाभ्ने र गाभिने निर्णय पारित


काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । फाइनान्सले भदौ ३० गते फाइनान्सको केन्द्रीय कार्यालय कमलादी काठमाडौँमा भर्चुअल माध्यमबाट वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले आर्थिक वर्ष २०७६–०७७ को वित्तीय विवरण पारित गर्नुका साथै संस्थालाई अन्य उपयुक्त वित्तीय संस्थासँग गाभ्ने, गाभिने तथा एक्विजिनस गर्ने कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको जनाइएको छ ।

फाइनान्सको यससाधारण सभाबाट संस्थापक सेयरधनीतर्फको सञ्चालकमा लक्ष्मी श्रेष्ठ, रामचन्द्र देवकोटा, रामकृष्ण चौलागाई र सुधिर ज्ञवाली तथा सर्वसाधारण सेयरधनीतर्फको सञ्चालकमा राम श्रेष्ठ र खिमलाल पौड्याल नियुक्त भएका छन् । कमलादी काठमाडौँमा केन्द्रीय कार्यालय रहेको फाइनान्स कम्पनीको चुक्ता पुुँजी ८२ करोड ८९ लाख रूपैयाँ रहेको छ । फाइनान्सले हाल १४ वटा शाखाबाट आफ्ना ग्राहकलाई आधुनिक वित्तीय सेवा प्रदान गरिरहेको बताइएको छ । फाइनान्सले आर्थिक वर्ष २०७७–०७८ मा आठ करोड २३ लाख ८३ हजार एक सय ५१ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा सात करोड ७३ लाख २५ हजार सात सय छ रूपैयाँ रहेको छ ।

चुक्ता पुँजी ८२ करोड ८९ लाख १३ हजार सात सय ८९ रूपैयाँ रहेको फाइनान्सले आव २०७७–०७८ मा दुई अर्ब ९६ करोड ३५ लाख ९२ हजार ९४ रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७८ करोड ८२ लाख १७ हजार दुई सय ४३ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १० करोड ३९ लाख ३६ हजार चार सय २९ रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा १२ दशमलव ८३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव सात प्रतिशत स्प्रेड दर रहेको फाइनान्सको वितरणयोग्य नाफा भने तीन करोड ५८ लाख २० हजार रूपैयाँ रहेको छ ।

अघिल्लो आवको सोही अवधिमा भने बैंकले फाइनान्सले दुई अर्ब ४९ करोड ८६ लाख २७ हजार चार सय १६ रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९३ करोड ४३ लाख ६१ हजार दुई सय ३२ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १५ करोड चार लाख ४४ हजार चार सय २५ रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा १५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर पाँच दशमलव ९२ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया