मेगा बैंकको मुद्दती तथा बचत खातामा अब उच्च ब्याजदर
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले मुद्दती तथा बचत खातामा उच्च ब्याजदर दिने भएको छ । नेपालीहरूको महान चाड दशैँ नजिकिँदै गरेको सन्दर्भमा मेगा बैंकले ग्राहकहरूलाई ‘दशैँको बहार, मेगा बैंकको उत्कृष्ट ब्याजदरको उपहार’ नाराका साथ उच्च ब्याजदर योजना ल्याएको हो । ग्राहकहरूले मेगा बैंकको मुद्दती खातामा वार्षिक नौ दशमलव ५५ प्रतिशतसम्म ब्याज पाउने भएका छन् । यसैगरी, बचत खातामा छ दशमलव शून्य पाँच प्रतिशतसम्म ब्याज पाउने भएका छन् । जुन अहिले वित्तीय बजारमा चलिरहेको सर्वाधिक ब्याजदरमध्येको एक हो ।
यसैगरी, मेगा बैंकले वार्षिक ब्याजदर पाँच दशमलव शून्य पाँच प्रतिशतसम्म रहेको मासिक रूपमा ब्याज प्राप्त हुने नयाँ बचत खाता योजना ल्याएको छ । ‘मेगा महाबचत खाता’ नामक यस बचत योजनामा दुई वर्षसम्म भिसा डेबिट कार्ड र मोबाइल बैंकिङ सुविधा निःशुल्क गरिएको छ । दुई वर्षसम्म लकर शुल्कमा ५० प्रतिशत छुट र उपभोक्ता कर्जा शुल्कमा २५ प्रतिशत छुट सुविधा रहेको यस खाता न्यूनतम एक हजार रुपैयाँमा खोल्न सकिने मेगा बैंकले जनाएको छ । ग्राहकको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकले आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयहरूमा मुद्दती तथा बचत खाता खोली आकर्षक ब्याजदरसहितको सुविधा लिन ग्राहकहरूलाई आग्रह गरेको छ ।
क्याटेगोरी : वित्त पूँजी बजार
ताजा अपडेट
- सेयर बजार परिसुचक दुई हजार ५६ बिन्दुमा
- अमेरिकी पूर्वराष्ट्रपतिकै घरमा एफबीआईको छापा
- होन्डाको नयाँ मोटरसाइकल भारतमा सार्वजनिक
- गहुँ आयातमा लगाइएको अतिरिक्त शुल्क हटाउने तयारीमा भारत
- ४३ प्रकारका भुटानी वस्तुलाई बंगलादेशले बजार पहुँच दिने
- आणविक बम विष्फोटको ७७औँ वार्षिकी
- प्रभु लाइफको बिजनेस कन्फरेन्स तथा क्लब्स इभेन्ट सेलिब्रेसन सम्पन्न
- ग्लोबल आईएमई बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- नागरिक समाज, विकास र जवाफदेहिता
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया