Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारबजार परिसूचक १२ सय ७६ अंकमा

बजार परिसूचक १२ सय ७६ अंकमा


काठमाडौं, माघ १३
शेयर बजार परिसूचक ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक २० दशमलव ७९ अंकले ओरालो लागेर १२ सय ७६ दशमलव ६८ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन चार दशमलव एक अंकले ओरालो लागेर दुुई सय ७४ दशमलव ६२ अंकमा झरेको छ । यसदिन कुुल एक सय ७४ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुसार १२ हजार सात सय ५० वटा कारोबारमा २६ लाख ६० हजार ३७ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ९६ करोड ५० लाख १८ हजार छ सय ५२ रूपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार १२ वटै समूहको सूचक ओरालो लाग्दा सेयर बजार परिसूचक पूरै रातो देखिएको छ । जसअनुुसार वाणिज्य बैक समूहको सूचक १८ दशमलव ४५ अंकले ओरालो लागेर ११ सय २१ दशमलव ७३ अंकमा झर्दा विकास बैंक समूहको सूचक २१ दशमलव ३१ अंकले ओरालो लागेर १७ सय २६ दशमलव ३४ अंकमा झरेको छ । जलविद्युुत् समूहको सूचक पनि १८ दशमलव ९६ अंकले ओरालो लागेर नौ सय ८७ दशमलव ३९ अंकमा झरेकोमा लघुवित्त समूहको सचुक पनि २६ दशमलव ८१ अंकले ओरालो लागेर १९ सय ८९ दशमलव एक अंकमा झरेको छ ।

यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि एक सय ५१ दशमलव ७४ अंकले ओरालो लागेर पाँच हजार दुुई सय ८८ दशमलव ५३ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय २४ दशमलव ९९ अंकले ओरालो लागेर सात हजार ८९ दशमलव ४५ अंकमा झरेको छ । यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः १६ दशमलव ७३, ३९ दशमलव आठ, १० दशमलव ६७, छ दशमलव ७२ र शून्य दशमलव शून्य छ अंकले ओरालो लागेका छन् ।

यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको जोशी हाइड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य तीन रूपैयाँ १७ पैसाले बढेर ६५ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको एनआईबीएल प्रगति फण्डको प्रतियुनिट सेयर मूल्य दुुई रूपैयाँ ९२ पैसाले बढेर आठ रूपैयाँ १२ पैसामा किनबेच भएको छ । यीबाहेक एनएमबी लघुुवित्त वित्तीय संस्था, प्रोग्रेसिभ फाइनान्स आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको जानकी फाइनान्सको सेयर मूल्य आठ रूपैयाँ ५५ पैसाले घटेर एक सय ७१ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको मिथिला लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य सात रूपैयाँ ४८ पैसाले घटेर छ सय छ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक युुनाइटेड इन्स्योरेन्स कम्पनी, एभरेष्ट इन्स्योरेन्स कम्पनी आदिको सेयर मूल्य पनि घटेका छन् ।

यसदिन डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त संंस्थाको प्रतिकित्ता एक हजार ३२ रूपैयाँ अन्तिम मुल्मा आठ करोड २६ लाख ४६ हजार दुई सय ७० रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता एक हजार ९३ रूपैयाँ अन्तिम मूल्यमा छ करोड ४५ लाख ४७ हजार पाँच सय ८४ रूपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक ग्लोबल आईएमई बैंक, शिवम् सिमेन्ट आदिको पनि बढी रकम कारोबार भएका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया