Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसिद्धार्थ बैंकको दोस्रो त्रैमासिक नाफा एक अर्ब नौ करोड

सिद्धार्थ बैंकको दोस्रो त्रैमासिक नाफा एक अर्ब नौ करोड


काठमाडौं, माघ १३
सिद्धार्थ बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब नौ करोड ६४ लाख २५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब सात करोड २६ लाख ९८ हजार रूपैयाँ रहेको थियो । चुुक्ता पुँजी नौ अर्ब ७८ करोड ७७ लाख ६७ हजार रूपैयाँ रहेको बैंकले चालू आवको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब २६ अर्ब ५४ करोड ५० लाख ७६ हजार रूपैयाँ निक्षेप संकलन गरी एक खर्ब १८ अर्ब ३६ करोड ४२ करोड ५० लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब ७७ करोड ३८ लाख ३४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकको वितरणयोग्य नाफा ५७ करोड ४९ लाख १६ हजार रूपैयाँ रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब १४ अर्ब ९२ करोड ३३ लाख ६८ हजार रूपैयाँ निक्षेप संंकलन गरी एक खर्ब चार अर्ब ८७ करोड ६३ लाख रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब २८ करोड ८८ लाख ३७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ५४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया