Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारडिप्रोक्स लघुुवित्तको वार्षिक साधारणसभा

डिप्रोक्स लघुुवित्तको वार्षिक साधारणसभा


काठमाडौं । डिप्रोक्स लघुुवित्त वित्तीय संस्थाले २०औँ वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही असोज २३ गते वार्षिक साधारणसभाको आह्वान गरेको हो ।

उक्त वार्षिक साधारणसभामार्फत संस्थाले चुक्ता पुँजीको २० प्रतिशत अर्थात् २३ करोड १२ लख ४९ हजार सात सय २२ रुपैयाँ १४ पैसाबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । संस्थाको हाल चुक्ता पुँजी एक अर्ब १५ करोड ६२ लाख ४८ हजार छ सय १० रुपैयाँ रहेको छ ।

बोनस सेयर वितरणपश्चात् भने संस्थाको चुक्ता पुँजी एक अर्ब ३८ करोड ७४ लाख ९८ हजार तीन सय ३२ रुपैयाँ पुग्नेछ । संस्थाले सोही वार्षिक साधारणसभामार्फत नाडेप लघुुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया