Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसेञ्चुरी बैंकद्वारा विद्यार्थीहरूलाई कपडा सहयोग

सेञ्चुरी बैंकद्वारा विद्यार्थीहरूलाई कपडा सहयोग


काठमाडौं, माघ १३
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले विद्यार्थीहरूलाई कपडा सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकको भैरहवा शाखाले ओमसतिया गाउँपालिका वडा नं ३ लोहरौलिमास्थित रोहिणी विद्याश्रम आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरूका लागि न्यानो कपडा हस्तान्तरण गरेको हो । बैंकका अनुसार एक सय १० बालबालिकाहरूको लागि न्यानो कपडा बैंकका भैरहवा शाखाका शाखा प्रबन्धक विशाल गुप्ताले विद्यालयका प्रध्यानाध्यापक विजयमणि त्रिपाठीलाई हस्तान्तरण गरेका हुुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरू गर्दै आएको छ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया