Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारइन्फिनिटी लघुवित्तमा नयाँ सञ्चालक नियुक्त

इन्फिनिटी लघुवित्तमा नयाँ सञ्चालक नियुक्त


काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबारपश्चात् सञ्चालक समितिको यही भदौ २६ गते बसेको ७०औँ बैठकले संस्थापक सेयरधनीहरूको तर्फबाट एक जना नयाँ सञ्चालकमा (साबिक नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिका अध्यक्ष) रमेशकुमार कर्माचार्यलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १४ (२) (ख) अनुसार नियुक्त गरिएको छ ।

नवनियुक्त सञ्चालकलाई संस्थाका अध्यक्ष खेमराज नेपालले पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए । शपथग्रहण कार्यक्रममा नवनियुक्त सञ्चालकलाई संस्थाका अध्यक्ष, सञ्चालक, सल्लाहकारहरूबाट स्वागत तथा शुभकामना व्यक्त गरेका थिए । संस्थाले आर्थिक वर्ष २०७७–०७८ मा १२ करोड ६० लाख ८६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा चार करोड ७४ लाख १८ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी २६ करोड छ लाख ५० हजार रुवैयाँ रहेको संस्थाले आव २०७७–०७८ मा ८७ करोड ४३ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब १८ करोड ७४ लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २७ करोड ५० लाख दुुई हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ३३ लाख ३४ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव २७ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा भने संस्थाले ६१ करोड २० लाख २१ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९५ करोड ३६ लाख १६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया