Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारसानिमा बैंकद्वारा बडा दशैँको अवसरमा विशेष योजना सार्वजनिक

सानिमा बैंकद्वारा बडा दशैँको अवसरमा विशेष योजना सार्वजनिक


काठमाडौँ । नेपालीहरूको महान पर्व बडा दशैँको अवसरमा सानिमा बैंकले ग्राहकहरूको लागि विशेष दशैँ बम्पर योजना सार्वजनिक गरेको छ । आश्विन एक गतेदेखि लागू हुने सो योजनाअन्तर्गत व्यक्तिगत मुद्दती खातामा नौ दशमलव ५१ प्रतिशतसम्म उच्च ब्याजदर मासिकरूपमा प्रदान गरिने छ भने खाता खोल्दा पहिलो वर्षका लागि डेबिट, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ मेरो सेयर, डिम्याट खाता निःशुल्क प्रदान गरिनेछ ।

यसका साथै बचत खातामा पाँच प्रतिशतसम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा १० लाखसम्मको दुर्घटना बीमा, तीन लाख बराबरको घातक रोगको बीमा, ५० हजारबराबरको मेडिकल बीमा, वार्षिक पाँच हजारबराबरको वार्षिक बहिरंग उपचार खर्च र पाँच हजार बराबरको स्वास्थ्य परीक्षण सेवा ग्राहकहरूलाई प्रदान गरिनेछ ।

सानिमा बैंकको वेबसाइटमा गई लगइन गरी अनलाइन खाता पनि खोल्न सकिन्छ । बैंककको देशका सातै प्रदेशमा एक सय चार वटा कार्यालय तथा ९६ वटा एटीएम सञ्चालनमा रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया