लुम्बिनी विकास बैंकको आर्थिक सहयोग
काठमाडौं, माघ १३
लुम्बिनी विकास बैंकले आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रत्ननगर नगरपालिका वडा नं १५ माधवपुर स्थित पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई खानेपानीको पाइपलाइन विस्तार गर्ने तथा सरसफाई कार्यक्रम सञ्चालन एवं केही स्थानमा चेक भल्व तथा चेम्बर निर्माण कार्य गर्नका लागि आर्थिक सहयोगबापत बिहीबार तीन लाख रूपैयाँको चेक उपलब्ध गराएको हो । उक्त रकमबराबरको चेक बैंकका सञ्चालक चिन्तामणि भट्टराईले पिठुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष आसिक तामाबलाई एक समारोहका बीच हस्तान्तरण गरेका हुुन् । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा, मुख्य प्रबन्धक दिपक खनाल र टाँडी शाखा प्रबन्धक सुदर्शन घिमिरेको उपस्थिति रहेको थियो ।
बैंकको २०७६ मंसिर मसान्तसम्म चुक्ता पुँजी दुुई अर्ब ५८ करोड ६९ लाख ६३ हजार पाँच सय ५१ रूपैयाँ, कर्जा लगानी २३ अर्ब ९४ करोड ७८ लाख सात हजार तीन सय १५ र निक्षेप संकलन २७ अर्ब आठ करोड ६३ लाख ६२ हजार सात सय ९७ रूपैयाँ रहेको छ । बैंकले आव २०७५/०७६ मा ५८ करोड ९७ लाख एक हजार दुुई सय १५ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले आगामी २०७६ पौष २९ गते हुने साधारणसभामा सेयरहोल्डरहरूलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले हाल देशभरका ६६ शाखाहरू र १६ वटा एटीएमबाट आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय आधुनिक एवं नवीनतम प्रविधिसहितको बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नेपालमा फेरि बढ्न थाल्यो कोभिड, नयाँ भेरिअन्ट आएको हुनसक्छ?
- वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि टेलिमेडिसिन सेवा सुरु
- बिग्रिए राष्ट्रिय पुस्तकालयका किताब, संरक्षणका लागि ८५ लाख माग
- अख्तियारको वार्षिक प्रतिवेदन संसद्मा पेश
- सांसदको एक स्वर:मिटरब्याज पीडितको समस्या समाधान गरौँ
- ब्रिटिश युवा पर्यटकलाई निरुत्साहित पार्दै एम्सटरडम
- बजेटका बेला आर्थिक प्रशासन अलमलमा पर्ने आशङ्का
- ‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- सेयर लगानीकर्तालाई सचेतना तालिम आयोजना
तपाईको प्रतिक्रिया